Posts

स्थानीयको गुनासो सुन्न सिडिओ गौश्वारामा

Image
रामेछापको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डे स्थानीय सेवाग्राहीको गुनासो सुन्न गौश्वारा पुगेकी छन् । जिल्लाको ६४ वटै वडाहरुमा पुगेर स्थानीयको गुनासो सुन्ने कार्यक्रम अन्तर्गत शानिबार प्रजिअ केसी दोरम्बा गाउँपालिका–४ गौश्वारा पुगेकी हुन् । गौश्वार भौगोलिक रुपमा विकट भए पनि वडा कार्यालयले राम्रो सेवा प्रवाह गरेको पाइएको बताइन । वडा कार्यालयको सेवा प्रवाहबाट स्थानीय सेवाग्राही पनि सन्तुष्ट रहेको पाइएको प्रजिअ केसीले बताइन । गौश्वाराको विकास र समृद्धिको लागि सडकलाई स्थायित्व दिनुपर्ने आवश्यकता देखिएको पनि प्रजिअ केसीले बताइन । गौश्वार पुग्ने सडकलाई स्थायित्व दिन सक्ने हो भने गौश्वारामा विकास र समृद्धिको प्रसस्तै संभावनाहरु आपूmले देखेको प्रजिअ केसीको भनाई छ । नागरिकता, पासपोर्ट लगायको काम लिएर जिल्ला प्रशासन कार्यालयमा पुगेका सेवाग्राहीहरुले काम नभई फिर्ता आउनु पर्दा धेरै दुःख पाउने गरेको स्थानीय जनप्रतिनिधिहरुले प्रमुख जिल्ला अधिकारीसँग गुनासो गरेका थिए । त्यसैगरी गाउँमा घुम्ती शिविर आएको बेलामा वितरण गरिएका नागरिकताहरु फोटो खुइलिएर नचिनिने भएको र नागरिकताको प्रतिलिपि...